काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धमा बन्ने संसदीय छानबिन समितिका लागि आफ्नो तर्फबाट सभामुखलाई नाम बुझाएको छ ।
कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरी न्यौपानेको नाम समितिमा पठाएको हो । ७ सदस्यीय छानबिन समितिमा कांग्रेस र एमालेका तर्फबाट २–२, माओवादी, रास्वपा र राप्रपाका एक–एक सदस्य रहने छन् ।मंगलबार साँझ बस्ने प्रतिनिधि सभा बैठकले संसदीय छानबिन समिति गठन गर्ने जनाइएको छ ।




