काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने संसद्को दुवै सदनको संयुक्त बैठकलगत्तै कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलन संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा हुनेछ ।




