राजनीति

बजेट ल्याउन दिने विपक्षी दलहरूको निर्णय

काठमाडौँ ।विपक्षी दलहरूको बैठकले बजेट ल्याउन दिने भएका छन् । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा यो सहमति भएको हो ।

पछिल्लो केही दिनयता विपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद्‌ अवरोध गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडानमा विपक्षी दल थियो भने नाम नराख्ने अडानमा सरकारी पक्ष थियो ।

विपक्षी दलको बैठकले मध्यमार्ग खोज्दै छानबिन समितिको कार्यादेशमा लामिछानेको सट्टा गोर्खा मिडियाको नाम राख्न सहमत भएपछि बजेटमा विपक्ष दलले अवरोध नगर्ने भएको हो ।

संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *