राजनीति

देउवाले बोलाएको प्रतिपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठक मंगलबार बस्दैछ। बैठक बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा बस्नेछ ।

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै छ। यसका लागि संसद् बैठक दिउँसो १ बजे बस्दै छ। त्यसअघि प्रतिपक्षी दलको रणनीति तय गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

प्रतिपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *