देश

कैलाश सिरोहियालाई अनुसन्धानका लागि पुनः तीन दिन थप म्याद

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो ।

गत मंगलबार पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार पनि तीन दिन म्याद थप गर्न आदेश दिएको थियो । उक्त समयअवधिभर अनुसन्धान नसकिएपछि सोमबार पुन :तीन दिनको म्याद थप गरिएको छ । प्रहरीले यस अघि अनुसन्धान गर्न समय लाग्ने भन्दै पाँच दिन थप म्याद थपेर अनुसन्धान गर्न माग गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *