देश

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुरका प्रहरी जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।

प्रहरी जिल्ला अधिकारी श्रेष्ठका अनुसार उनको सुसाइड नोट पनि फेला परेको छ । सुसाई आफुुखसी आत्महत्या गरेको उल्लेख गरेको बताइएको छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रुपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *