देश

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले प्रहरी नायब निरीक्षक (सई) सम्मका विभिन्न १९ प्रहरीलाई ७ दिने सूचना प्रकाशित गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फका सईदेखि कार्यालय सहयोगीसम्मका १९ जना विभिन्न मितिदेखि कार्यालयको सम्पर्कमा नरहेकोले बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणका लागि माैका दिइएको छ ।

हेडक्वार्टरले लामोसमयदेखि बिना जानकारी संगठनको सम्पर्कमा नरहेको भन्दै प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर नभएमा सेवाबाटै हटाउने समेत भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *