खेलकुद

बंगलादेशविरुद्ध अमेरिकाको लगातार दोस्रो जित

काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ ।

गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो । यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *