
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।