देश

बिम्स्टेकका महासचिव पाण्डे काठमाडौँमा, परराष्ट्र सचिव लम्सालसँग भेट

काठमाडौँ । बिम्स्टेकका महासचिव काठमाडौँ आएका छन् । बिम्सटेकको मुख्यालय ढाकाबाट काठमाडौँ आएका महासचिव इन्द्र मणि पाण्डेले आज परराष्ट्र सचिव सेवा लम्साललाई भेटेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

भेटमा क्षेत्रीय साझेदारी बारेमा छलफल भएको बताइएको छ । भारतका करिअर डिप्लोम्याट हुन पाण्डे । उनी सन् १९९० मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका हुन । बिम्स्टेकको प्रबुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो ।

आगामी जुन २३ बाट २५ सम्म थाइल्याण्डमा बिम्स्टेक्को प्रबुद्ध समूहको बैठक हुँदैछ । नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङका जस्ता सात देश सदस्य भएको बिम्स्टेकको पूरा नेपाली नाम ’बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ हो ।