लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेबुल गर्ने र प्रदेश सभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *