देश

बागमतीमा प्रदेश सभामा विशेषाधिकार समिति गठन

काठमाडौँ । बागमती प्रदेश सभा बैठकले विशेषाधिकार समिति गठन गरेको छ ।

शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन भएको हो । माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालको प्रस्ताव र सबै दलको समर्थनमा सभामुख भुवनकुमार पाठकले समिति सदस्य मनोनयन गरेका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा मिलाउन शुक्रबार दलीय सहमतिअनुसार विशेषाधिकार समिति थप्ने निर्णय भएको थियो । समिति सभापतिमा नेकपा एकीकृत समाजवादीबाट माया देवी शर्माले मात्र उम्मेदवारी दिने तयारी छ ।

१७ सदस्यीय विशेषाधिकार समितिमा नेपाली काँग्रेसका ४ जना, नेकपा एमाले र माओवादी केन्द्र र राप्रपाका ३-३ जना, एकीकृत समाजवादीका २, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीका १-१ एक जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *