राजनीति

संसद भवन बाहिर फुटपाथमा हिंड्न रोक

काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ । आज (शुक्रबार) बिहान संसद भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधरणलाई हिँड्न रोक लगाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा गरिएको जानकारी दिएका छन् । त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको उनले बताएका छन् । फुटपाथबाट हिँड्न नदिएपछि पैदल यात्रीहरूले सडकबाटै हिंड्नु पर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *