राजनीति

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक अहिले केहीबेरमै बस्ने बताइएको छ ।

देउवाले बैठकमा राप्रपा, जसपा नेपाल, जनमोर्चा र लोसपालाई बैठकमा बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ ।

यसअघि बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच धकेला धकेलको अवस्था बनेपछि संसदमा तनावको अवस्था भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *