देश

मख्यमन्त्री सोडारीलाई राहत, प्रदेश सरकारविरुद्धको रिट खारेज

काठमाडौं। सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।

उक्त रिटलाई सर्वोच्चका न्यायाधीशत्रय प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले खारेज गरिदिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *