देश

डिल्लीराम खनाललाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *