समाचार

सन्दीप लामिछानेमाथिको सुनुवाई आज पनि अपुरो

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धाको फैसला आज पनि पुरा हुन सकेन । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएको थियो । न्यायाधीशले सन्दिपको मुद्धामा आजै फेसला गर्न वरिष्ठ अधिवक्ताहरूलाई आग्रह गरेपनि उनको फैसला अपुरो बनेको हो ।

सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप(न्यायाधिवक्ता प्रकाश घिमिरेले गरेको बहसपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।