सम-सामयिक

राष्ट्रिय सभा पनि अवरोध गर्छौं : कांग्रेस

काठमाडौँ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा पनि अवरोध गर्ने बताएका छन् ।

उनले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने पार्टीको निर्णय भएको बताए ।

कांग्रेसले मङ्गलवारदेखि राष्ट्रिय सभा पनि अवरोध गर्ने भएको हो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *