राजनीति

कोशीमा जसपाकी निर्मलाले गरिन् अशोक राईको पक्षमा सनाखत

काठमाडौं । कोशी प्रदेश सभामा एक सांसद रहेको जसपा नेपालकी निर्मला लिम्बूले नवगठित पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् ।

सांसद लिम्बूले मंगलबार निर्वाचन आयोग पुगेर जसपालाई समर्थन गर्दै सनाखत पनि गरेकी छिन् ।

लिम्बू जसपा नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत कोशी प्रदेशसभा सदस्य बनेकी हुन् । तर, जसपा, नेपाल विभाजन भएपछि उनले नवगठित जसपा रोजेकी हुन् ।

यसअघि जसपा, नेपालबाट लिम्बू दुई पटक स्वास्थ्यमन्त्रीसमेत बनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *