![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/05/sandeep_patan_adalat_1-1713759201.jpg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ ।
आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ ।यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेका थिए ।
आज सुनुवाई भई सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि नेपाली टोली अमेरिका गइसकेको छ ।