देश

सभापति खतिवडाद्वारा पीडित परिवारलाई सहयोग

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आगलागीमा परी आमा-छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको रु एक लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *