राजनीति

कांग्रेसको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *