देश

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मतकै लागि शनिबार आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

अनिश्चितकाललाई प्रदेश सभा बैठक स्थगित भएसँगै मुख्यमन्त्री सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ।हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए।

तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन। अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५:३० बजे सम्मको लागि स्थगित गरिएको थियो।

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *