खेलकुद

लिभरपुललाई उपाधि होडमा धक्का

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले पराजित भयो । योसँगै लिभरपुललाई उपाधि होडमा धक्का लागेको छ ।

घेलु मैदान गुडिसन पार्कमा एभर्टनलाई जित दिलाउन खेलको २७ औं मिनेटमा जेरार्ड ब्रान्थवेइटले र ५८ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

पराजित लिभरपुल ३४ खेलबाट ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ७७ अंक जोडेको आर्सनल ७७ अंकसहित शीर्षस्थानमा रहँदा २ खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । एभर्टन ३३ अंकसहित १६ औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *