खेलकुद

आईपीएल : लखनउले चेन्नईलाई हरायो

काठमाडौं। मार्कस् स्टोइनिसको शतकसंगै लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

गएराति एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउे ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो।

लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए। ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरे। निकोलस पूरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा अविजित रहे।

चेन्नईका माथिशा पाथिरानाले सर्वाधिक २ विकेट लिँदा दीपक चाहर र मुस्तिफिजुर रहमानले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो।

जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ। आठ खेल खेलेको लखनउको १० अंक रहेको छ। पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ । बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *