काठमाडौँ । कोलकाता नाइट राइडर्सलेले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।
कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुँदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो ।
यस अघि पहिला ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो कोलकोताको यस सिजनमा पाँचौं जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ ।
त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।




