खेलकुद

ओमानलाई हराउँदै यूएई एसिया कपमा छनौट

काठमाडौँ । यूएई २०२५ को टी-२० एसिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै यूएई एसिया कपका लागि छनौट भएको हो ।

यूएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको यूएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

एसीसी प्रिमियर कपको उपाधि जितेको यूएईले अब एशिया कप खेल्ने छ । त्यस्तै यूएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एसिया कप खेल्ने छन् । यस प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *