पर्यटन

प्रथम अन्तर्राष्ट्रिय इन्द्रेणी पर्यटन घोषणापत्र : पर्यटन उद्योगमा विविधता र समावेशिता प्रवद्र्धन गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालमा आयोजित प्रथम इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनका सहभागीहरुले पर्यटन उद्योगमा विविधता र समावेशिताको प्रबद्र्धन गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा शनिबारदेखि नेपालमा पहिलो पटक आयोजना गरिएको इन्द्रेणी पर्यटन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन् ।

दुई दिने सम्मेलनको मुख्य ध्येय नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने रहेको छ ।विश्वव्यापी समझदारी र एकतालाई बढावा दिन पर्यटनको रूपान्तरणकारी शक्तिलाई मान्यता दिँदै, अन्तराष्ट्रिय सबै यात्रीहरूको लागि स्वीकृति र सम्मानको वातावरण सिर्जना गर्न सँगै काम गर्ने प्रतिज्ञा समेत उनीहरले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *