देश

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं।रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।

उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *