
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक बिदाको दिनपनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्थामा उल्लेख भए अनुसार यस कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सार्वजनिक बिदाको दिन पनि प्रवाह गर्ने जानकारी दिएको हो ।
सरकारले दिएका वर्षभरिका १६ सार्वजनिक बिदामा कार्यालय खुला रहने सूचनामा उल्लेख छ ।
