
काठमाडौं। माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) फुटको संघारमा पुगेको छ ।
पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, मेटमणि चाैधरी समेतका छ जना सांसद मिलेर नयाँ दल खोल्ने तयारी छ । उनीहरुले आज मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भै रहेको एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशी मात्र रहने छन् ।