देश

उपनिर्वाचनको मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ र बझाङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *