खेलकुद

रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडको ३१ खेलमा ७८ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ ।

त्यसैगरी मल्लोर्काको ३१ खेलमा ३१ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *