खेलकुद

एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।

युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो ।

यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ ।

समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *