देश

डोल्पामा डढेलोमा परेर एकै सातामा ६ जनाको मृत्यु

डोल्पा । डढेलोमा परेर जलेका डोल्पाका दुई बालकको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । उनीहरूको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

बिहीवार सु सामुदायिक वनमा च्याउ संकलन गर्न गएको समयमा डढेलोमा परी त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका १० वर्षीय सुलस बुढाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको थियो । यसअघि डोल्पामा डढेलोमा परेर ३ जना नेपाली सेनको पनि मृत्यु भएको थियो ।

डढेलोमै परेर ६ जना जनाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुल्सी प्रसाद दाहाले बताए । डढेलोमा परेका नेपाली सेनाका विजय कोईरालाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भैरहेको डोल्पाका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *