गण्डकी प्रदेश

ट्होटे पर्व मनाउन कास्कीका तीन पालिकामा बिदा

काठमाडौं।तमु (गुरुङ) समुदायको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन्। मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन्।

तीनै पालिकाले सूचना जारी गरी गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएका छन्।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाउँछन्।

गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतलगायतका जिल्लाका गुरुङ समुदायमा ऐतिहासिक एवं सांस्कृतिक चाडका रूपमा ट्होटे मनाइन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *