कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीद्वारा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।

मुख्यमन्त्री कार्कीले ०८१ जेठ ११ गते प्रदेश सभाको अधिवेशन बनाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका हुन् ।

एमाले–माओवादीले विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुखसमक्ष विन्तिपत्र बुझाएको केही समयमा नै मुख्यमन्त्री कार्कीले लगभग डेढ महिनापछि प्रदेश सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *