![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/04/433843465_383824134566536_460462028141825111_n.jpg)
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल राखेका हुन् ।
छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् । सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन् ।