खेलकुद

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

काठमाडौं ।एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। ​

गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो।

नेपालले यसअघिका दुवै खेल जितेको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो। गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो।

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो। नेपाल त्यहाँबाट ओमान जानेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *