राजनीति

सूदूरका मुख्यमन्त्रीलाई विश्वासको मत दिन ५ मन्त्रीलाई रेशमको निर्देशन

काठमाडौं । आवश्यक मतको जुगाड नहुँदै विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले निर्देशन दिएका छन् ।

हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा रहेका नाउपाका ७ सांसदमध्ये ५ सांसद अहिले कांग्रेस नेतृत्वको सरकारमा छन्। रञ्जितानिकट दुई सांसद सरकार बाहिर छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *