खेलकुद

गुजरातले नेपाललाई दियो ९९ रनको लक्ष्य

काठमाडौँ । फ्रेन्डसिप कप अन्तर्गत गुजरात क्रिकेट एसोसियसनले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको हो ।

गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए ।

त्यसै गरि नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *