राजनीति

अति अशक्त र अपांगता भएकाहरुलाई वित्तिय र व्यवस्थापकीय प्रवन्ध गर्न वाग्लेको सरकारसमक्ष आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशभरि पूर्ण अशक्त एवम् अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई दैनिक क्रियाकलाप गर्न अरुको सहयोग लिनुपर्नेहरुलाई आवश्यक वित्तिय र व्यवास्पकीय प्रवन्ध गर्न सरकारसमक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने,‘देशैभरिमा पूर्ण अशक्त एवम् अति अशक्त अपांगता भएका व्यक्तिहरुको मानवीय आवश्यकत्ताको बारेमा बारम्बार ध्यानाकार्षण हुने गरेको छ । अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नियामावली २०७७ को परिच्छेद ३ को नियम ९ मा यस श्रेणीका व्यक्तिलाई सरकारले सामूदायिक सहायता सेवा निःशुल्क उपलब्ध गराउने, जसअन्तर्गत व्यक्तिगत सहयोगी सेवा र दैनिक हेरचाह तथा स्याहार सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने उल्लेख छ । सरकारले भक्ता उपलब्ध गराउँदै आएको भएपनि दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर अरुको सहयोग लिनपर्नेहरुको पीडाको सम्बोधनमा कहीँ न कहीँ ग्याप देखिएको छ । कानूनमै सुनिश्चित् गरिएका अधिकारको उपयोग गर्न धर्ना नै बस्नुपर्ने परिस्थिति सिर्जना भएकोले आवश्यक वित्तिय र व्यवस्थापकीय प्रवन्धतिर सरकारको पहल होस भन्ने आग्रह गर्न चाहन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *