मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
हाम्रो नेपाली पाटीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई आजै मन्त्रीमा नियुक्त गरेर शपथग्रहणको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय श्रोतले जनाएको छ ।
प्रदेशमा नयाँ गठवन्धनको सरकार गठनका लागि एक सांसद अपुग भइरहेको अवस्थामा आज हाम्रो नेपाली पार्टीका सांसद बर्जाचार्यलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाउन लागिएको स्रोतले बताएको छ । आजै मन्त्रीमा नियुक्त गर्ने गरि मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालय तयारी अवस्थामा रहेको बुझिएको छ ।
बर्जाचार्य काठमान्डौंबाट हिडिसक्नु भएको र आउने बित्तिकै सपथग्रहण गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।




