काठमाडौं । श्रममन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिषामा नेपालबाट श्रमिक पठाउने विषयमा अहिलेसम्म मन्त्रालयमा कुनै कुनै पनि किसिमको औपचारीक निर्णय नभएको बताएका छन् । बुधबार संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केही समयअघि नेपाल सरकारले ई–सेभेन भिषा मार्फत कोरियामा नेपाली श्रमिक पठाउने विषयमा सम्झौता भएको भनि सामाजिक संजालमा सार्वजनिक भएका समाचारमा कुनै आधार नभएको उल्लेख गरे । उनले उक्त विषयमा सार्वजनिक भएका समाचार गलत भएको दावी गर्दै सचेत हुन समेत सबैलाई आग्रह गरेका छन् । यस्तै उनले नेपालबाट कुनै पनि व्यक्तीले रसिया जानका लागि श्रम स्वीकृत लिन नपाउने र पूर्ण रुपमा बन्द गरिएको समेत बताए । आधिकारिक निर्णय नभइ मेनपावर व्यववासयहरुले पनि गैरकानुनी रुपमा यस्तो कार्य गर्न नपाउने उनले बताए ।




