खेलकुद

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

पेरिस। सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताउनुभएको छ ।

“हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भन्नुभयो ।

सन् २०१७ मा सहर छनोट गर्दा छ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *