खेलकुद

मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग हार्यो पोर्चुगल

काठमाडौँ । पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एक एक गोल गरेका थिए ।

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खेलेका थिए भने ब्रुनो फर्नानडेजसहितका केहि महत्वपूर्ण खेलाडी खेलेका थिएनन् ।

योसँगै पोर्चुगलले अब युरोकप अघि फिनल्याण्ड, क्रोसिया र आयरल्याण्डसँग मैत्रिपूर्ण खेल आगामी जुनमा खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *