बागमती प्रदेश

बागमतीमा अनलाइनमार्फत पटके बाटो इजाजतपत्र भुक्तानी प्रणाली शुभारम्भ

काठमाडौँ ।बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजतपत्र भुक्तानी प्रणाली शुरु गरेको छ।

मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले उक्त भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्। त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजस्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताए।

मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै अरू धेरै सुधारका काम गर्न बाँकी रहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *