खेलकुद

आयरल्यान्डले सात विकेट गुमायो, भुर्तेलले लिए दुई विकेट

काठमाडौँ । नेपालले आयरल्यान्ड ‘ए’को सात विकेट झारेको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले १५ ओभरमा सात विकेट गुमाएको हो ।

आयरल्यान्डको सातौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले १५ औ ओभरको पहिलो बलमा फोईन ह्याण्डलाई दिपेन्द्र सिंह ऐरीबाट क्याच गराए ।

यसअघि आयरल्यान्डको छैठौँ विकेट पनि भुर्तेलले नै लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *