खेलकुद

फ्रान्समाथि जर्मनीको सहज जित

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए ।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *