खेलकुद

आइसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपराह्न काठमाडौं आइपुग्ने छन् ।

उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री बर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

काठमाडौं आएपछि उनीलाई क्यानले स्वागत गर्ने छ । यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरूसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *